Technology Khabar ८ जेष्ठ २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसंगले मिडरेन्जका दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका विश्व बजारका लागि ग्यालेक्सी जे सिक्स (Galaxy J6) र ग्यालेक्सी जे एट (Galaxy J8) स्मार्टफोन लन्च गरेको हो ।
दुबै स्मार्टफोनहरु विशेषगरि भारत, नेपाल,जस्ता विकासोन्मुख र बजारलाई ध्यानमा राखेर ल्याएको हो ।
सार्वजनिक दुबै स्मार्टफोनहरु एन्ड्रोयड ओरियो ८.० भर्सनमा आधारित रहेको छ । प्लाष्टिक यूनीबडी डिजाइन रहेको सो फोनको डिस्प्ले १८ः५ः९ अस्पेक्स्ट रेसियोमा सूपर एमोलेड डिस्प्ले रहेको छ ।
दुबै फोनहरुमा फेस अनलक फीचर राखिएको छ भने कम्पनीले भन्ने गरेको इन्फिनिटी डिस्प्लेसहित आउँछ ।
यसका साथै कम्पनीले ए सिरिजको नयाँ फोनहरु ग्यालेक्सी ए ६ तथा ए सिक्स प्लस पनि सार्वजनिक गरेको छ ।
सबै फोनहरु च्याट ओभर भिडियो फीचरका साथमा सार्वजनिक गरिएको छ । च्याट ओभर भिडियो फीचरको सहयोगबाट यूजरले भिडियो हेर्दै सहजरुपमा च्याट गर्न सक्नेछ ।
सामसंग ग्यालेक्सी जे ८
यो स्मार्टफोनमा ६ इन्चको एचडी प्लस इन्फिनिटी डिस्प्ले राखिएकोछ। फोनमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज छ भने अक्टा कोर क्वालकम स्न्यापड्रागन ४५० प्रोसेसर राखिएको छ ।
फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा सेटअप छ जसमा १६ मेगापिक्लेल प्लस ५ मेगापिक्सेलको सेन्सर रहेको छ । त्यसैगरि सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । दुबै क्यामराका लागि एलईडी फ्ल्याश राखिएको छ ।
कनेक्टिभीका लागि फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबी पोर्ट तथा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । यसमा ३,५०० एमएएचको ब्याट्री राखिएको छ ।
सामसंग ग्यालेक्सी जे ६
यो स्मार्टफोनमा ५.६ इन्चको एचडी प्लस इन्फिनिटी डिस्प्ले राखिएको छ। फोनमा ३ जीबी र ४ जीबी र्यामको अप्सन छ भने आन्तरिक स्टोरेज ३२ जीबी तथा ६४ जीबी अप्सनमा छ । फोनमा सामसंगको आफ्नै प्रोसेसर एक्सनोज ७८७० राखिएको छ ।
फोटोका लागि जे सिक्समा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ । दुबैतर्फ एलईडी फ्ल्याश उपलब्ध रहेको छ ।
कनेक्टिभिटीका लागि फोनमा फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ, जीपीएस तथा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।
फोनमा ३,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।
सामसंगका जे सिरिजका दुबै फोनहरु एडभान्स्ड मेमोरी म्यानेजमेन्ट फीचरका साथमा आउनेछ जसले सोशल मिडिया एप्सको कन्टेन्टहरुलाई सिधै एक्सटर्नल मेमोरी कार्डमा राखिदिन्छ ।
फोनको मूल्य
भारतीय बजारमा ग्यालेक्सी जे ८ को मूल्य १८,९९० भारु तोकिएको छ भने ग्यालेक्सी जे सिक्स ४ जीबी अप्सनको मूल्य १६,४९० भारु रहेको छ । त्यस्तै ३ जीबी र्याम अप्सनको जे सिक्सको मूल्य १३,९९० भारु तोकिएको छ ।
कम्पनीले भारतीय ग्राहकहरुले जून २० तारिखसम्म फोन किन्दा वन टाइम स्क्रीन रिप्लेसमेन्ट अफर समेत दिने भएको छ ।
प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार