Technology Khabar ६ जेष्ठ २०७५, आईतवार
काठमाडौं ।
पोखरा । नेपाल मोवाईल वितरक संघको संघिय संरचनाअनुसार प्रदेश नम्बर ४ को अध्यक्षमा शिवराज पहरी चयन भएका छन । पोखरामा शनिबार सम्पन्न भएको संघको प्रथम अधिवेशनले पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।
प्रदेश नम्बर ४ को उपाध्यक्षमा सुशील कुमार गुरुङ, सचिव जिवन ढुंगाना, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सह–सचिव बिनोद केसी, प्रदेश संयोजक एवं केन्द्रिय प्रतिनिधि मनोहर श्रेष्ठ रहेका छन ।
त्यस्तै संघको सदस्यहरुमा सुनिल श्रेष्ठ, मुक्तिनाथ त्रिपाठी, नवराज बराल, ओम प्रकाश गौतम, दिपक कोईराला र केशव पराजुली छन ।
यसअघि नेपाल मोवाईल वितरक संघ पश्चिमाञ्चल रहेकोमा अधिबेशनबाट संघ प्रादेशिक संरचनामा गएको हो ।
संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना विकास मन्त्री किरण गुरुङले ५ बर्ष भित्र देशको कुना कुनासम्म गुणस्तरिय टेलिकम सेवा पुग्नुपर्ने बताए । मन्त्री गुरुङले हरेक स्थानिय निकायमा बैंकिङ पहुँच पुर्याउनु पर्नेमा समेत जोड दिए । प्रदेश नम्बर ४ को आर्थिक विकासको मुख्य आधार पर्यटन भएको उल्लेख गर्दै अतिथि देवः भवः अभियान सुरु गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्ष ओमबहादुर राना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संघका केन्द्रिय अध्यक्ष दिनेश चुल्याजु लगायतले बोलेका थिए ।
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार