गरिमा विकास बैंकको रेमिट सेवा ‘गरिमा रेमिट’ सञ्चालनमा

Technology Khabar १ जेष्ठ २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंगलबारदेखि रेमिट सेवा ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । सो रेमिट्यान्स सेवाको उद्घाटन एक कार्यक्रमका बीच बैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठले गरे।

कार्यक्रममा सञ्चालक श्रेष्ठले विकास बैंकले यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको बताए । उनले विकास बैंकले छिट्टै नै विदेशीमुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताए ।

हाल सो विकास बैंकको ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम संचालनमा रहेको छन । साथै, अब छिट्टै नै झापाको दमक, काठमाडौंको नयाँ बानेश्वर, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, रुपन्देहीको योगीकूटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्दैछ ।

यी शाखा कार्यालय स्थापना पश्चात विकास बैंकको कूल शाखा संख्या ६६ पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया