मेगा बैंकको नयाँ शाखा इलाम, सिरहा र बर्दियामा संचालन

  • Technology Khabar | २८ बैशाख २०७५, शुक्रबार
मेगा बैंकको नयाँ शाखा इलाम, सिरहा र बर्दियामा संचालन

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ ।

बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।

मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो ।

मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...