
काठमाडौं ।
काठमाडौं । चिनियाँ इन्टरनेट कम्पनी अलिबाबाले नेपालको ई-कमर्श साइट दराजलाई खरिद गरेको छ । अलिबाबाले दक्षिण एशियामा आफ्नो लगानी बिस्तार गर्ने उद्देश्यले नेपालको ई-कमर्श साइट दराजलाई किनेको हो ।
यसअघि ई-कमर्श साइट दराज रकेट इन्टरनेशनलको मातहतमा संचालनमा रहेको थियो । नेपाललगायत पाकिस्तान बंगलादेश, म्यानमार, श्रीलंकामा आफ्नो ईकमर्श व्यवसाय गर्दै आएको कम्पनी यसअघि केमू डट कमको नाममा संचालनमा रहेको थियो ।
दराजको व्यवसाय अलिबाबाले सम्पूर्णरुपमा किनेको रकेटले जानकारी दिएको छ । यसअघि अलिबाबाले रकेटको दक्षिण पूर्वी एशियमा रहेको लाजादा २ वर्षअघि किनेको थियो ।
अलिबाबाले यसअघि पनि छिमेकी मुलुक भारतको पेटिएममा लगानी गरेको थियो ।
दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनका अनुसार, ‘यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी ‘जहाँ पनि व्यापार गर्न सहज पारौँ’ भन्ने अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित छौँ । हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा सुरु गर्यौं यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाकीँ
नै छ ।’
दराजसँग हाल ३० लाख बिक्रेता, ५ हजार ब्राण्ड र ५० लाख ग्राहक आवद्ध रहेकाे अनुमान छ । २० लाख उत्पादनहरुका साथ दराजले इलेक्टोनिकस्देखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको छ । दराजले नेपालमा क्यास अन डेलिभरी लगायतका पेमेन्टको सुविधा, स्तरीय ग्राहक सेवा र सामान फिर्ताको सेवा पनि दिइरहेको छ ।
अलिबाबाले कति रकम लगानी गरेको हो भन्ने कुनै जानकारी दिएको छैन् ।
हेर्नुहोस् दराजको प्रेस रिलिज-
प्रकाशित: २५ बैशाख २०७५, मंगलवार