माछापुच्छ्रे बैंकले ल्यायो एमबिएल स्मार्ट बचत खाता

  • Technology Khabar | २० बैशाख २०७५, बिहीबार
माछापुच्छ्रे बैंकले ल्यायो एमबिएल स्मार्ट बचत खाता

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।

सो खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । सो खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् ।

स्मार्ट सुविधा अन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् ।

सो खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बीमाको सुविधा समेत प्रदान गर्न भएको छ, जसमा ग्राहकले पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँसम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो।

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...