ट्याबलेटको माग विश्वभर घट्दै, यस्तो छ बजार घट्नुको कारण

Technology Khabar २० बैशाख २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । विश्वभर ट्याबलेटहरुको बजार दिनप्रति दिन घटिरहेको तथ्यांकले देखाएको छ । यो वर्षपनि ट्याबलेटको माग घटेको र यसको बजार बिस्तार हुन नसकेको नयाँ अनुसन्धानले देखाएको छ ।

विश्व बजारमा सन् २०१८ को पहिलो चौमासिकमा केबल ३ करोड ३० लाख ट्याबलेट मात्र बजारमा गएको देखिएको छ, जून सन् २०१७ को सोहि अवधिको तुलनामा २८ दशमलब २ प्रतिशतले कमी भएको अनुसन्धानमा उल्लेख छ।

त्यस्तै विश्वभर ट्याबलेटको बजार वार्षिकरुपमा १४.९ प्रतिशतले घटेको डिजीटाइम्स रिसर्चको तथ्यांकले देखाएको छ ।

यो वर्ष विश्वभर ट्याबलेटको माग अझ घट्दै दोस्रो चौमासिकमा केबल ३ करोड १० लाख को हाराहारीमा मात्र हुने अनुमान गरिएको छ ।

सन् २०१८ का लागि एप्पलले नयाँ आइप्याडहरु सार्वजनिक गरेपनि बजारमा ट्याबलेटको बिक्री तिब्ररुपमा घटेको छ, यसो हुनुमा एप्पलले बजार अपेक्षाअनुसार नयाँ ट्याबलेटको मूल्यमा कटौतीगर्न नसक्नु हो ।

एप्पलले यो वर्षको पहिलो चौमासिकमा विद्यार्थीहरुका लागि ध्यानमा राखेर आइप्याडहरु ल्याएको थियो जसको मूल्य २९९ अमेरिकी डलर थियो ।

ट्याबलेटको साइजको आधारमा हेर्दा बजारमा सन् २०१८ मा ९.७ इन्च वा त्यो भन्दा ठूलो साइजका ट्याबलेटहरु आएका छन भने ७ इन्च र ८ इन्च साइजका डिभाइसहरुको माग घटिरहेको छ ।

सन् २०१८ को दोस्रो चौमासिकमा ट्यालबेटको बजार अझ खुम्चिएर २.७ प्रतिशतले कम हुने देखिएको छ भने दोस्रो चौमासिकमा नयाँ ट्याबलेटहरु बजारमा आउने अनुमान गरिएको छ ।

बजार घट्नुको कारण

विश्वमा ट्याबलेटको माग घट्नुमा प्रमुख दुई कारण भएको अनुसन्धानले देखाएको छ । जसमा एप्पल बाहेकका ट्याबलेट निर्माता कम्पनीहरु ट्याबलेटमा पर्याप्तरुपमा उत्प्रेरित नहुनु र अर्को भनेको ग्राहकहरुको सूचीबद्ध समायोजन गरिनु रहेको छ ।

माध्यम

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया