Technology Khabar १९ बैशाख २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । फेसबुकले डेटिंगका लागि नयाँ फीचर ल्याउने भएको छ । सामाजिक नेटवर्क साइट फेसबुकले मंगलवार आयोजित वार्षिक डेभलपर्स कन्फ्रेन्स एफ एट (F8) मा नयाँ फीचरहरु सार्वजनिक गर्दै डेटिंग एपसहितको नयाँ फीचर ल्याउने बताएका हुन् ।
फेसबुकको नयाँ डेटिंग फीचरले अहिलेको चर्चित डेटिंग एप टिंडर (Tinder) लाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
क्यालिफोर्नियामा आयोजित सो कन्फ्रेन्समा जकरबर्गले नयाँ डेटिंग एप फीचर एउटा रियल तथा लंग टाइम रिलेशनशिपलाई ध्यानमा राखेर बनाईने जानकारी दिए । उनले यो केबल हुक अप प्लेटफर्म मात्र नहुने दाबी गरे ।
जकरबर्गकाअनुसार यो फेसबुक यूजर्सका लागि नयाँ सम्बन्ध बिस्तार गर्ने प्लेटफर्मको रुपमा विकास हुनेछ । सो एपमा यूजरको सुरक्षा र गोपनियतालाई प्राथमिकतामा राखिने बताईएको छ । सो एपमा प्रयोगकर्ताको डेटिंग प्रोफाइल अर्को साथी हेर्न नसक्ने किसिमको हुनेछ भने फ्रेण्डलिस्टभन्दा बाहिर रहेको डेटिंग प्रोफाइललाई यूजरसम्म पुर्याईनेछ ।
डेटिंग फीचरहरु
फेसबुककाअनुसार नयाँ डेटिंग एपको प्रोफाइल फेसबुकको प्रोफाइल भन्दा निकै फरक हुनेछ । यसमा यूजरको अघिल्लो नाममा मात्र प्रयोगमा ल्याईने छ । अर्थात यसले तपाईँको थरलाई प्रोफाइलमा प्रयोग गर्नेछैन् ।
यूजरको प्रोफाइल केबल ती प्रयोगकर्ताहरुले मात्र हेर्न सक्नेछन जो फेसबुकको डेटिंग फीचर प्रयोग गरिरहेका हुनेछन् । अझ महत्वपूर्ण भनेको डेटिंग फीचरमा रहेको प्रोफाइल फेसबुक न्यून फीडमा देखिँदैन् ।
यदि कुनै यूजर कुनैपनि डेटमा पुग्ने प्रयास गर्दछ र दोस्रो यूजरको तर्फबाट पनि प्रतिकृया आउँछ । त्यसपछि मात्र दुबै यूजरहरुले म्यासेजको माध्यमबाट जोडिन सक्नेछन् । यो च्याट बक्स यूजरको म्यासेन्जर तथा ह्वाट्सएप प्रोफाइलभन्दा निकै फरक हुनेछ ।
हाल यो फीचर प्रयोगकर्ताहरुको लागि उपलब्ध छैन तर पनि यो छिटै फेसबुक यूजरको मुख्य प्रोफाइलमा देखिने छ र त्यसलाई प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार प्रयोग गर्न सक्नेछ ।
प्रकाशित: १९ बैशाख २०७५, बुधबार