वार्षिकोत्सवमा हातिल फर्निचरको अफर

  • Technology Khabar | १८ बैशाख २०७५, मंगलवार
वार्षिकोत्सवमा हातिल फर्निचरको अफर

काठमाडौं ।

काठमाडौं । बंगलादेशको विख्यात फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । अफर एक महिना चल्ने छ ।

सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि.सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री सुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो ।

वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको हातिलको सोरुमा  यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ बैशाख २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १८ बैशाख २०७५, मंगलवार