स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पोखराको न्युरोडमा स्थापना

Technology Khabar १७ बैशाख २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्युरोड स्थित अरविन्द कम्प्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।

यही वैशाख १७ गतेबाट शुरु गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ।

सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने कम्पनीले जनाएको छ।

स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका प्रमुख वाणिज्य अधिकृत राजीव कुमारले गरेका थिए । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको कुरा उनले बताए ।

स्मार्ट सेलले कुमारीपाटी, पुतलीसडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गराएको छ।

स्मार्ट सेलले १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा यसअघिदेखि नै सिमितरुपमा सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित: १७ बैशाख २०७५, सोमबार

तपाइको प्रतिक्रिया