स्याङजा चेम्बर अफ कमर्सको स्थापना

  • Technology Khabar | १६ बैशाख २०७५, आईतवार
स्याङजा चेम्बर अफ कमर्सको स्थापना

काठमाडौं ।

काठमाडौं । स्याङजा चेम्बर अफ कमर्स स्थापनाको विधिवत् घोषणा भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच स्याङजा चेम्बरको विधिवत् घोषणा गरे । सोही अवसरमा सचिवालय उदघाटन कार्यक्रम पनि भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्याङजा चेम्वर अफ कमर्सको स्थापनासँंगै स्याङजाको आर्थिक विकास हुने विश्वास व्यक्त गरे ।

नेपाल चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन गरी गाउँं, नगर, जिल्ला र प्रदेशमा चेम्वरलाई विस्तार गरेको जानकारी गराउँंदै स्थानीय श्रोतसाधनहरुको विकास र प्रबद्र्धनबाट आर्थिक विकास हुनुका साथै आर्थिक र बाह्य पर्यटकको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सभासद मीनप्रसाद गुरुङ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष नन्दकुमारी लम्साल (निर्मला) लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित: १६ बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार