वित्तीय अपराधबारे कार्यशाला हुने

  • Technology Khabar | १६ बैशाख २०७५, आईतवार
वित्तीय अपराधबारे कार्यशाला हुने

काठमाडौं ।

काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआइ)ले भारतको फिन्टेलेक्ट संस्थासंगको सहकार्यमा यही बैशाख २४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्येनजर राख्दै अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाडौँमा एक दिने राष्ट्रियस्तरको फाइनान्सियल फ्रड कन्फ्रेरेन्स आयोजना गर्दैछ ।

कार्यक्रमको मुख्य उद्देश्य वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा चर्चा गरिने छ । यस कार्यक्रममा के कस्तो रणनितिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल हुने बताईएको छ ।

यस सम्मेलनमा स्रोतव्यक्तिहरुको रुपमा भारतबाट प्रसुन सिंह, प्रियंका कदमलगायतका अनुभवि विज्ञहरु आउने र आआफ्नो बिषय संगत प्रस्तुति गर्नेछन् ।

कार्यक्रमको अन्त्यमा प्यानल डिस्कसन राखिएको छ, जसमा बैंकिङ्ग क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।

सो सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बदी उच्च पदस्थका बैंकिङ्ग कर्मचारीहरु सहभागिता हुने देखिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: १६ बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...