कार बनाएर चलाउन मिल्ने रोबोट यस्तो छ, मानिस पनि बोक्नसक्ने (भिडियोसहित)

  • Technology Khabar | १४ बैशाख २०७५, शुक्रबार
कार बनाएर चलाउन मिल्ने रोबोट यस्तो छ, मानिस पनि बोक्नसक्ने (भिडियोसहित)

काठमाडौं ।

काठमाडौं । विश्वमा प्रविधिको विकास तिब्र गतिमा भईरहेको छ । हरेक दिन नयाँ नयाँ प्रविधिको आविश्कारले दैनिक जिवनलाई सहज र सजिलो बनाउँदै आएको छ।

हामीले प्रविधिको विकाससँगै गरेको कल्पनाहरु पछिल्ला दिनमा उत्पादन वा सेवाको रुपमा आउन लागेको छ । प्रविधि र विज्ञानको आधारमा निर्माण गरिने सिनेमाहरुमा देखिने रोबोट परिवर्तन भएर कारमा रुपान्तरण भएको वा कार रुपान्तरण भएर रोबोट बन्ने देखाईने गरेको छ । जून अहिलेसम्म कल्पना मात्र थियो ।

तर जापानी प्रविधि विज्ञहरुले रोबोटलाई कारको रुपमा रुपान्तरण गर्न सकिने प्रमाणित गरेका छन् । हालै जापानमा आयोजित एउटा शोमा एउटा ह्यूमनोइड रोबोट (humanoid robot) जे डिइट आरआईडी (J-deite RIDE) को प्रदर्शन गरेका छन् । जून रोबोटको विशेषता भनेको यसले आफ्नो आकार परिवर्तन गर्न सक्दछ ।

जापानी रोबोट जे डिइट आरआईडी रुपान्तरण भएर स्पोर्टस कारको आकार लिन सक्दछ भने कारबाट रुपान्तरण भएर रोबोट बन्न सक्दछ ।

अझ रोचक पक्ष भनेको यो कार केबल ६० सेकेण्डमा नै आफूलाई रुपान्तरण गर्न सक्ने क्षमता राख्दछ ।

यो रोबोटलाई ब्रेभ रोबोटिक्सले बनाएको हो, जसको उचाई १२ फुटको छ ।

जापानी कम्पनीले हाल यसको प्रोटोटाइप बनाएर प्रदर्शन गरेको हो जून भविश्यमा मनोरन्जन क्षेत्रमा वा रमाईलो पार्कहरुमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

कम्पनीका सिईओ केन्जी इशिडा, जसले यो परियोजना शुरु गरे, उनको बाल्यकालदेखि कै सपना यस्तो रोबोट बनाउनु रहेको थियो ।

इशिडाकाअनुसार जे डिइट आरआईडी रोबोट तत्काल बजारमा आउने छैन किनकी यो हाल कारखानामा परिक्षणको क्रममा नै रहेको छ ।

जे डाईट राइड रोबोटको तौल १हजार ६ सय किलोग्राम रहेको छ, जून यसमा भएको चार वटा चक्काको माध्यमबाट गुड्न सक्दछ । यो रोबोटले दुई जना यात्रुलाई बोकेर कुद्न सक्ने बताईएको छ ।

यो रोबोट कारको विशेषता भनेको यसको चालकले चालक सिटमा बसेर कुदाउन सक्दछ भने सँगै रहेको अर्को यात्रुले पनि रिमोट कन्ट्रोल सिस्टममा जडित वायरलेस नेटवर्कमार्फत कुदाउन सक्दछ ।

यो रोबोट बनाउन ब्रेभ रोबोटिक्सले एर्सटेक र सेन्सेई टेक्नोलोजीसँग सहकार्य गरेको थियो ।

जे डिइट आरआईडी रोबोट जापानमा आयोजना हुने एक प्रदर्शनीमा मई ५ तारिखमा प्रदर्शन हुनेछ भने अमेरिकामा पनि देखाईने छ ।

माध्यम

प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार