
काठमाडौं ।
काठमाडौं । एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सका बीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरु विक्री गर्ने एवं बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो ।
यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: १२ बैशाख २०७५, बुधबार