Technology Khabar ९ बैशाख २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । अनुसन्धानमुलक तथा परामर्शदाता कम्पनी अभान्त गार्डे सोलुसनले नेपाली व्यवसायीक संस्थाहरुलाई अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने गरि बजार नीति तथा प्राक्टिस विषयक कार्यशाला गोष्ठिको आयोजना गरेको छ ।
सो गोष्ठिमा विभिन्न ६ विषयहरुमा गरिएको प्राज्ञिक अनुसन्धानहरुको बारेमा प्रस्तुती गरिएको थियो । गोष्ठिमा बजारीकरणका रणनीतिहरु र प्राक्टिसहरुको आधारमा नै कुनैपनि व्यवसायीक संस्था सफल हुने विज्ञहरुले बताएका थिए ।
कार्यक्रममा प्रोफेसर डाक्टर पुष्कर बज्राचार्यले अनुसन्धानको गुणस्तर र उपलब्धिहरुको माध्यमको बारेमा बताउँदै प्राज्ञिक संस्था र व्यवसायीक संस्थाहरुबीच बजार अनुसन्धानको क्षेत्रमा सहकार्य हुनुपर्ने बताए ।
त्यस्तै डाबर नेपालका डेपुटी जनरल म्यानेजर अभय प्रसाद गोर्खालीले प्रस्तुत गरिएका अनुसन्धानात्मक तथ्यहरुले कर्पोरेट क्षेत्रमा बजारीकरणको लागि सहयोग पुर्याउने धारणा राखे ।
कार्यक्रममा प्रोफेसर डाक्टर महेन्द्र चालिसे, प्रोसेफर डाक्टर हरिहर आचार्यलगायतका विज्ञहरुले बजार र यसको विभिन्न आयामहरुको बारेमा धारणा राखेका थिए ।
प्रकाशित: ९ बैशाख २०७५, आईतवार