सिटिजन्स बैंक इन्टरनेसनल १२ औ वर्षमा प्रवेश

  • Technology Khabar | ९ बैशाख २०७५, आईतवार
सिटिजन्स बैंक इन्टरनेसनल १२ औ वर्षमा प्रवेश

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल स्थापनाको १२ औ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बै‌ंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखा र ६८ वटा एटिएमबाट करिब तीन लाख पैतिस हजार ग्राहकलाई बैकिङ्ग सेवा दिदै आएको जानकारी दिएको छ ।

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर अगाडि बढेको बैंकले आर्थिक वर्ष २०७४र७५ को तेस्रो त्रैमास सम्ममा ६० अर्व २५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । यस्तै सो अवधीमा बैंकले १ अर्ब रुपैयाँ नाफा गरेको छ ।

बैंकले निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पुर्याएका संचलकलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ दिएको छ ।

एघारौँ वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ १ लाख ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त स्नो याक फाउन्डेसनलाई १ लाख सहयोग दिएको छ ।

म्युजीक कम्पोजर एसोसीएसन’ नेपाललाई बैंकले सहयोग स्वरुप १५ लाख दिएको छ ।

यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था साथलाई १ लाख र बेबी लाइफ होम किर्तिपुरलाई २ लाख सहयोग दिएको छ ।

साथै बैंकले ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रलार्इ’ आर्थिक सहयोग स्वरुप २ लाख दिएको छ ।

‘त्रिवेणी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द, भिमढुंगालाई बैंक आर्थिक सहयोग स्वरुप ५० हजार तथा न्यूरो सेवा दिई रहेको ‘ दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई पाँच थान फ्रीज प्रदान गरेको छ ।

‘क्लिनिक वानलाई आर्थिक सहयोग स्वरुप १ लाख, कईश्वरको तेजशक्ति द्घारा ज्योरेई पद्घति मार्फत मानिसहरुको उपचार र उद्घार गरिरहेको ‘अभय उपचार केन्द्र’ लाई आर्थिक सहयोग स्वरुप २ लाख, ‘श्री कमल निम्न माध्यमिक विद्यालय’ , कमलपोखरीलाई २ लाख ५० हजार,‘कुलेश्वर माध्यमिक विद्यालय’ ,कुलेश्वरलाई फर्निचर किन्नका निम्ति १ लाख ५० हजार आर्थिक सहयोग दिएको छ ।

राजधानीको मीनभवनस्थित ‘निसहाय सेवा सदन’ जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । आर्थिक वर्ष २०७४।७५ को चैत्र मसान्तमा शिक्षा ,स्वास्थ्य , खेलकुद , संगीत प्रबर्धन आदि जस्ता क्षेत्रमा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता बैंकका अध्यक्ष डा‍ शंकर शर्माले गरे ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर शुक्रबार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो।

प्रकाशित: ९ बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार