
काठमाडौं ।
काठमाडौं । सिभिल बैंकले ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन ल्याएको छ।
सो सिभिल स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशनमार्फत खाताको विवरण हेर्न, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण, ल्यान्डलाइन, एडिएसएल र डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ।
सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्व रुपैयाँ कर्जा लगानी गरेको बताएको जनाएको छ।
प्रकाशित: ६ बैशाख २०७५, बिहीबार