चोरीका मोबाइल अनलाइन बजारमा बेच्ने फुटबल खेलाडी पक्राउ

  • Technology Khabar | ६ बैशाख २०७५, बिहीबार
चोरीका मोबाइल अनलाइन बजारमा बेच्ने फुटबल खेलाडी पक्राउ

काठमाडौं ।

काठमाडौं । चोरी गरेको विभिन्न मोबाईल, ल्यापटप, टिभिलगायतका सर सामान खरिद गरी विक्री गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोबाइल, ल्यापटपलगायतका सामाग्री चोरीगरी अनलाइनमार्फत सेकेन्डह्याण्ड बजारमा बिक्री गरेको आरोपमा प्रहरीले फुटबल खेलाडी दिपेश श्रेष्ठसहितका व्यक्तिलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट चोरी गरेका मोबाइल, ल्यापटप अनलाइन र सेकेण्डह्याण्ड बजारमा बिक्री गर्ने मुख्य अभियुक्त श्रेष्ठलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो।

उनी सरस्वती फुटबल क्लब कोटेश्वरका कप्तानसमेत हुन् । उनले साथी सुबास खड्कासँग मिलेर सेकेन्डह्याण्ड बजारमा अनलाइनमार्फत ब्यापार गर्ने गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई बुधबार उनकै कोठाबाट विभिन्न ब्राण्डका चोरी गरेको मोवाईल ३३ थान, आई प्याड २ थान, एलइडी टिभि, क्यामरा,विभिन्न कम्पनीका ल्यापटप, नगद ४३ हजार ५ सय, भारतीय रुपैयाँ २ हजार सहित करीब ५ लाख १७ हजार रुपैयाँ मुल्य बरावरको सामान सहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ६ रेम्बोडाँडास्थित श्रेष्ठको घरमा लुकाइछिपाइ राखेको चोरीका समानहरू उनीहरूले हाम्रो बजार, सस्तो बजार जस्ता सेकेन्डह्याण्ड अनलाईन बजार र पसलमा बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले खड्का र श्रेष्ठलाई मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने जानकारी दिएको छ।

प्रकाशित: ६ बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...