ओटो फ्र्यांक सेभेन बजारमा, फिंगरप्रिन्ट सेन्सर भएको बजेट स्मार्टफोन

  • Technology Khabar | २९ चैत्र २०७४, बिहीबार
ओटो फ्र्यांक सेभेन बजारमा, फिंगरप्रिन्ट सेन्सर भएको बजेट स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । ओटोले नेपाली बजारमा नयाँ मोडलको फोन ओटो फ्र्यांक सेभेन (OTTO Frank 7) सार्वजनिक गरेको छ । कम्पनीले यसअघिको ओटो फ्र्यांक ड्यूलको निकै राम्रो प्रतिकृयापछि नयाँ फोन बजारमा ल्याएको जानकारी दिएको छ ।

यो फोनमा ब्रस्ड मेटल फिनिश कर्ब्ड बडी भएको यो फोनमा रियर फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

फोनमा २.५डी कर्ब्ड ग्लास सहितको ५ इन्चको एलसीडी डिस्प्ले राखिएको छ भने फोटो खिच्नका लागि अटोफोकस भएको एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयड नूगटमा आधारित यो फोनमा १.३ गीगाहर्जको मिडिया टेक ६५८० क्वाड-कोर प्रोसेसर राखिएको छ भने २,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

फोनमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा ६४ जीबीसम्म बढाउन सकिन्छ ।

गोल्ड, ब्ल्याक तथा गोल्डेन ब्ल्याक कलर अप्सनमा आउने ओटो फ्र्यांक सेभेनको डिजाइन सिंगापुरमा गरिएको हो भने नेपालभर यसको बिक्रीपछिको सेवा उपलब्ध रहेको ओटो फोनको नेपालका लागि आधिकारिक बितरक जयमाँ इन्टरकन्टीनेन्टल प्रालिले जानकारी दिएको छ ।

ओटो फ्र्यांक सेभेनको नेपाली बजारमा मूल्य ८ हजार ५ सय ९६ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार