Technology Khabar २६ चैत्र २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं । डेल कम्पनीले ल्यापटपमा गेम खेल्न मनपराउनेहरुका लागि नयाँ गेमिंग नोटबुक सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एलिएनवेयर ब्राण्डअन्तरगत तथा जी सिरिजको प्रडक्ट लाइनमा नयाँ नोटबुक चीनमा सार्वजनिक गरेको हो ।
यी ल्यापटपहरुमा इन्टेलको आठौं पुस्ताको कोर आइ नाइन आइ सेभेन तथा आइ फाइभ प्रोसेसर प्रयोग गरिएको छ जसको मूल्य न्यूनतम ८७८ अमेरिकी डलरदेखि शुरु हुनेछ ।
चीनमा डेलको एलिएनवेयर ब्राण्डका उत्पादनहरुले उच्च तहको सेक्टरलाई लक्षित गरेको छ, जहाँ आसुटेक कम्यूटरजस्ता प्रतिस्पर्धी कम्पनीहरुसँग बजारमा प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी यसको जी सिरिजले एचपी, लेनोभो र थण्डरोबोट कम्पनीसँग इन्ट्रि लेभेल तथा मिड रेन्जमा प्रतिस्पर्धा गर्नेछ ।
डेलले उच्चतहको सिमित बजारलाई ध्यानमा रोखर एलिएनवेयर १५ र १७ सार्वजनिक गरेको हो जसमा इन्टेलको सबैभन्दा नयाँ सीपीयू प्रयोग गरिएको छ भने कम्पनीको आफ्नै एलिएनवेयर क्रियो टेक भी २.० कुलिंग सिस्टम प्रयोग गरेको छ । डेलले दुईवटा नयाँ एलिएनवेयर नोटबुकहरु पनि सार्वजनिक गर्ने तयारी गरेको छ जसको मूल्य चिनियाँ यूआन १४ हजार तथा १९ हजार पर्नेछ ।
त्यसैगरि इन्ट्रि लेभल र मिड रेन्जको सेगमेन्टको लागि कम्पनीले १५ र १७ इन्चको जी थ्री, जी ५ तथा जी सेभेन सार्वजनिक गरेको छ ।
प्रकाशित: २६ चैत्र २०७४, सोमबार