Technology Khabar २५ चैत्र २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं । चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन ओमेगा ८ ल्याएको छ ।
यो स्मार्टफोन २.५डी कभ्र्ड ग्लास, एन्ड्रोयड नूगट ७.० अपरेटिंग सिस्टमका साथमा आउँछ, जसमा ५.५ इन्चका एचडी– आईपीएस डिस्प्ले रहेको छ । यसको डिस्प्ले १८ः९ रेसियो फूल भ्यू डिस्प्ले हो ।
फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउने कम्पनीको भनाई छ ।
फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेज (रोम)मा प्रयोगकर्ताहरुले आफूले चाहेअनुसारको डाटा स्टोरेज गर्न तथा एप्स डाउनलोड गर्न सुविधा दिन्छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिन्छ ।
फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको छ ।
फोनको बाहिरी आवरण हेर्दा निकै आकर्षक देखिन्छ जुन स्टेट अफ आर्टमा आधारित रहेको छ जसलाई १८ः९ फूल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको छ । यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु छन् ।
कम्पनीले ओमेगा ८ स्मार्टफोनको बजार मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
यो सेट एक वर्षको बीमासहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ चैत्र २०७४, आईतवार