Technology Khabar २५ चैत्र २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं । ह्वावेले आफ्नो वाइ (Y) सिरिजको बिल्कुलै नयाँ परिमार्जित मोबाइलहरु बजारमा ल्याएको छ । कम्पनीले आइतवार एक कार्यक्रमकाबीच ह्वावे वाइ नाइन २०१८ र ह्वावे वाइ सेभेन प्रो २०१८ सार्वजनिक गरेको हो ।
ह्वावे वाइ नाइन २०१८ (Huawei Y9 2018) मा ईन्टेलिजेन्ट फोर क्यामरा र फुलभ्यु डिस्प्ले छ भने वाइ सेभेन प्रो (Huawei Y7 Pro) मा ईन्टेलिजेन्ट डुअल क्यामरा र फुलभ्यु डिस्प्ले छ ।
कार्यक्रममा फोन सार्वजनिक गर्दै ह्वावेका देशिय निर्देशक जोयस् झुले भने, ‘नोभा टू आइले नेपाली बजारमा पाएको व्यापक सफलता पश्चात् हामीले ह्वावे वाइ ९ २०१८ले पनि राम्रो गर्ने अपेक्षा गरेका छौं । वाइ ९ २०१८ मिडरेन्ज विधाको ज्यादै नै उत्कृष्ट फोन भएकोले प्रयोगकर्ताहरुले यसको चार क्यामरा सेटअप, सुन्दर फुलभ्यु डिस्प्ले र एआर लेन्स भएको ईन्टेलिजेन्ट क्यामरालाई र यसलाई मनपराउने कुरामा हामी ज्यादै सकारात्मक छौं ।’
ह्वावे वाइ नाइन २०१८ ईन्टेलिजेन्ट फोर क्यामरा फोनमा स्प्लीट स्क्रीन, फोर क्यामरा सेटअप (डुअल फ्रन्ट र ब्याक क्यामराहरु), बोके इफेक्ट फिचर र सुरक्षित स्मार्ट फेस रिकग्नाइजेशन छ । यो ३ जीबी र्याम र ३२ जीबी स्टोरेजको साथ आउँछ भने यसमा एन्ड्रोयडमा आधारित ह्वावेको आफ्ै ईएमयूआई ८.० अपरेटिंग सिस्टमद्वारा संचालित हुन्छ ।
ह्वावे वाइ नाइन २०१८ मा १३ मेगापिक्सेल र २ मेगापिक्सेलको रिअर क्यामरा र उत्कृष्ट फोटोग्राफिको लागि दुवै लेन्सहरुमा F/2.0 एपेचर छ । अहिलेका ग्राहकहरुको रुचि र आवश्यकता अनुरुप ह्वावे वाइ नाइन २०१८ मा १६ मेगापिक्सेल र २ मेगापिक्सेलका २ वटा फ्रन्ट क्यामराहरु र राम्रो फोटो अनि कम उज्यालोमा पनि सेल्फी टोनिङ फ्ल्यासको लागि दुवै लेन्सहरुमा F/2.0 को एपेचर छ, जसले यो फोनलाई साँच्चै नै फोटो एक्सपर्ट बनाउँछ ।
ह्वावे वाइ नाइन २०१८ मा ठूलो स्क्रीन, ४००० एमएएचको शक्तिशाली ब्याट्री, ट्रिपल स्लट डुअल सिमको विशेषताका साथ यसमा मेमोरी कार्डको लागि पनि छुट्टै स्लट छ । मेटल बडि भएको यो आकर्षक फोन सुपथ मूल्यमै उपलब्ध छ ।
ह्वावे वाइ नाइन २०१८ आफ्नो विशिष्ट पर्फरमेन्स, आकर्षक डिजाइन र क्यामराका आधुनिक विशेषताहरुका साथ नवीनताको नयाँ मापदण्ड बनाउनको लागि यहाँ आएको हो ।
ह्वावे वाइ सेभेन प्रो २०१८ डुअल क्यामरा एक्सपर्ट फोन हो । ह्वावेले यो मोडेल ती नेपाली युवा प्रयोगकर्ताहरुलाई लक्षित गरेर लन्च गरेको हो, जसले ज्यादै आकर्षक डिजाइनको साथ इन्टेलिजेन्ट डुअल रियर क्यामरा सेटअप र टोनिङ फ्ल्यास खोज्दछन् । यो फोनबाट त्यस्ता प्रयोगकर्ताहरुले प्रोफेशनल फोटोग्राफिको अनुभूति लिन सक्छन् ।
यो फोनले फोटोग्राफिमा रुचि भएका प्रयोगकर्तालाई आफ्नो फोटोग्राफिलाई पुर्नकल्पना गर्नको लागि उत्कृष्ट विशेषता प्रदान गर्छ । ह्वावे वाइ सेभेन प्रो २०१८ मा १३मेगापिक्सेल प्लस २ मेगापिक्सेलको डुअल रिअर क्यामराको साथ ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा र आधुनिक सेल्फी टोनिङफ्ल्यास छ, जसले स्वतः लाईटको पहिचान गरी होशियारीपूर्वक ब्राईट्नेसको स्तरलाई मिलाएर प्राकृतिक देखिने सेल्फी खिच्न मद्दत गर्छ ।
यसको फ्रन्ट क्यामराले ब्याकग्राउण्ड परिवर्तन र फन्नी कस्प्ले मिलाउने जस्ता एआर लेन्स मोड पनि सपोर्ट गर्छ । यसका साथै यसमा ५.९९ इन्चको एचडी प्लस ह्वावे फुल भ्यु डिस्प्ले छ ।
कम्पनीका अनुसार ह्वावे वाइ सेभेन प्रो २०१८ मा सबैभन्दा सुरक्षित फेस अनलकको विशेषता छ, जसमा अत्याधुनिक सेक्युरिटी एलगोरिद्म समावेश छ ।
ह्वावे वाइ नाइन २०१८ र ह्वावे वाइ सेभेन प्रो २०१८ दुवै मोडलहरुमा ट्रिपल सिम स्लट छ, जहाँ प्रयोगकर्ताले दुई वटा सिम कार्डका साथै मोइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सक्नेछन् ।
ह्वावे वाइ नाइन २०१८ को अधिकतम विक्रेता मूल्य २५ हजार ९ सय रुपैयाँ र ह्वावे वाइ सेभेन प्रो २०१८ को २० हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ चैत्र २०७४, आईतवार