Technology Khabar २३ चैत्र २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं । एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक उदघाटन गरेको छ ।
कावासोती शाखाको समुद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
सो कार्यक्रममा कावासोती नगरपालिकाका, मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासु राम पोखरेल तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार