साओमीको राष्ट्रिय बितरकमा टेलिटक थपियो, हालको भन्दा सस्तो मूल्यमा साओमी फोन पाईने(मूल्यसहित)

Technology Khabar २२ चैत्र २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं । कलर्स र जिओनी मोबाइल ब्राण्डको कारोबार गर्दै आएको टेलिटक प्रालिले अब साओमी (Xiaomi) ब्राण्डको मोबाइलको पनि कारोबार शुरु गरेको छ । कम्पनीले यहि सातादेखि काठमाडौं उपत्यका भन्दा बाहिर साओमी ब्राण्डका मोबाइलहरुको बिक्री गर्नेगरि राष्ट्रिय बितरकको रुपमा काम शुरु गरेको हो ।

हाल नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीको मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइसहरु वत्सल इम्पेक्सले मात्र गरिरहेकोमा अब भने टेलिटक पनि थपिएको हो ।

टेलिटकले उपत्यका बाहिर मात्र कारोबार गर्नेगरि साओमीका मोबाइलहरु बिक्री शुरु गरेको कम्पनीका एक अधिकारीले मोबाइल्स खबरलाई जानकारी दिए ।

कम्पनीका ती अधिकारीकाअनुसार हाल ९ वटा मोबाइलका मोडलहरुको अतिकतम बजार मूल्य निर्धारण गरेर कारोबार शुरु भईसकेको छ भने बाँकी मोडलहरुको पनि छिटै कारोबार शुरु हुनेछ ।

टेलिटकले हाल नेपाली बजारमा उपलब्ध साओमीको बजार मूल्य भन्दा निकै सस्तो मूल्यमा उपभोक्ताहरुलाई फोन बिक्री गर्नेगरि मूल्य निर्धारण गरेको छ । जसले ग्राहकहरुलाई अनावश्यक महंगो मूल्यबाट छुट्कारा मिल्न सक्नेछ ।

हाल वत्सलले बिक्री गरिरहेका साओमीका मोबाइल तथा अन्य उत्पादनहरु निकै महंगो रहेको ग्राहकको गुनासो भएपनि त्यसलाई कम्पनीले सम्बोधन गर्न सकेको थिएन तर टेलिटकले भने सो मूल्यमा भन्दा सस्तो मूल्यमा फोन बिक्री गर्ने रणनीति अख्तियार गरेको छ ।

टेलिटकले बजार मूल्य घटाएर साओमीका मोबाइल फोनहरु बिक्री गर्न शुरु गरे लगत्तै वत्सल इम्पेक्स प्रालिलाई मूल्य घटाउन दबाब परेको न्यूरोडमा साओमीका फोन बिक्री गरिरहेका एक व्यापारीले बताए ।

उनकाअनुसार वत्सलले मंगलबारदेखि बजारमा रहेको आफ्नो मोबाइलको स्टक जाँच गरिरहेको छ र संभवत छिटै मूल्य घटाउनेछ ।

‘वत्सलले मूल्य घटाएन भने त्यस कम्पनीबाट कारोबार हुने साओमीका फोनहरु बिक्री गर्न सकिँदैन् । ग्राहकहरुले सस्तो मूल्यमा नै किन्न चाहन्छन्,’ ती व्यवसायीले मोबाइल्सखबरसँग भने ।

हाल टेलिटकले साअोमीका ९ वटा मोबाइल फोनका मोडलहरुकाे मूल्य मात्र सार्वजनिक गरेको छ । बाँकी फोनहरु पनि क्रमश अाउने जानकारी दिएको छ ।

टेलिटकले निर्धारण गरेको साओमीका फोनहरुको बजार मूल्य यस्तो छ-

एमआई ए वान                         ३२ जीबी        मूल्य  २२ हजार ९ सय ९९ रुपैयाँ

एमआई ए वान                         ६४ जीबी       मूल्य   २४ हजार ९ सय ९९ रुपैयाँ

रेडमी फोरए                            १६ जीबी        मूल्य  १२ हजार ९ सय ९९ रुपैयाँ

रेडमी ५ए                                १६ जीबी       मूल्य   ११ हजार ९ सय ९९ रुपैयाँ

रेडमी फोरएक्स                        १६ जीबी       मूल्य   १६ हजार ९ सय ९९ रुपैयाँ

रेडमी नोट फाइभ ए                  १६ जीबी       मूल्य    १३ हजार ९ सय ९९ रुपैयाँ

रेडमी नोट फाइभ ए प्राइम         ३२ जीबी       मूल्य    १८ हजार ९ सय ९९ रुपैयाँ

रेडमी ५ प्लस                          ३२ जीबी       मूल्य    १९ हजार ९ सय ९९ रुपैयाँ

रेडमी ५ प्लस                          ६४ जीबी       मूल्य    २२ हजार ९ सय ९९ रुपैयाँ

 

कहाँ कहाँ पाईन्छ टेलिटकद्धारा बिक्री हुने साओमीका मोबाइल फोन

अरुण ईलेक्ट्रोनिक्स- बिराटनगर

सेलुलर हाउस- बिरगंज

सिटि कम्प्लेक्स- डडेलधुरा

डि ट्रेड लिंक- सुर्खेत

एभरेष्ट मोबाइल एण्ड इलेक्ट्रोनिक्स- दाङ

हाईटेक ट्रेड कन्र्सन- नारायणघाट

जय दूर्गा इलेक्ट्रोनिक्स एण्ड सप्लायर्स- धनगढि

जय माता दि मोबाइल सेन्टर- ढल्केबगर

मनकामना सप्लायर्स- बिर्तामोड

मोबाइल हब- पोखरा

ओली ट्रेड लिंक- नेपालगंज

राजु इन्टरप्राइजेज- गोलबजार, सगरमाथा

आरटू मोबाइल कलेक्सन- हेटौंडा

रेम्बो मोबाइल सप्लायर्स- रौतहट

आरजे फ्रेण्ड्स ट्रेड लिंक प्रालि- जनकपुर

श्री आर एस इलेक्ट्रोनिक्स- बुटवल

श्री एसआरएन ट्रेड एण्ड सप्लायर्स- मलंगवा

ग्लोबल इन्टरनेशनल आईमेक्स- गोरखा, लमजुंङ

राईजिंग इन्भेष्टा ग्रुप- बाग्लुङ

प्रकाशित: २२ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया