Technology Khabar २० चैत्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एकैसाथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु विस्तार गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्येनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।
प्रकाशित: २० चैत्र २०७४, मंगलवार