टिसिएलको नयाँ वर्ष योजना, एलइडी टिभी किन्दा २७ हजार रुपैयाँसम्मको क्यासब्याक

Technology Khabar २० चैत्र २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रोनिक्स्स ब्राण्ड टिसिएलले नयाँ वर्ष २०७५ को लागि नयाँ अफर योजना ल्याएको छ।

टिसिएलले ‘फेरी आयो, हातमा हात्ती’ अफर योजना सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ब्राण्डका विभिन्न सामानको खरिदमा क्यास ब्याक तथा उपहारको अफर ल्याएको हो।

टिसिएल ब्राण्डको एलइडी टिभीको खरिदमा २७ हजार रुपैयाँसम्मको क्यास ब्याक, वासिङ मेसिनमा सिजीको स्प्रे आइरन र एयर कण्डीस्नरमा निःशुल्क जडानको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालका लागि टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालि रहँदै आएको छ।

प्रकाशित: २० चैत्र २०७४, मंगलवार

तपाइको प्रतिक्रिया