एनसेलको पहिलो सिम योजना, एसईई परीक्षार्थीहरुका लागि विशेष अफर

Technology Khabar १९ चैत्र २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं । एनसेलले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी भएका परीक्षार्थीहरुका लागि विशेष अफर योजना ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनाअन्तर्गत परीक्षार्थीले १ रुपैयाँ मात्र तिरेर एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन्।

यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डाटा प्याकसँगै हरेक रिचार्जमा बोनस डाटा र एसएमएसको लाभलिन सक्नेछन् ।

यो अफर यहि चैत्र १९ गतेदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ ।

एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटो कपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजनाअन्र्तगत सिम खरीदगर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेपछि विनाकुनै अतिरिक्त शुल्कमा इफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभलिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिनपछि कलगर्दा प्रतिमिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् ।

माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने बतार्इएको छ ।

साथै एक वर्षसम्म ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डाटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डाटा तथाएसएमएस २४ घण्टाको लागि मान्य रहनेछ ।

यसका साथै कम्पनीले एसईई परिक्षार्थीका विषेश डाटा प्याक पनि ल्याएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डाटा प्याकअन्तर्गत कर सहितमात्र २० रुपैयाँमा ३०० एमबी डेटाको मजा लिन सक्नेछन् ।

यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबीमा डाटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र २० रुपैयाँमा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखिबिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् ।

नाइट डाटा प्याक २४ घण्टाको लागिमात्र मान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि यो अफर अन्र्तगतको डाटाको लिन सक्नेछन्।

यो योजना सुरु भएको दिन देखि ९० दिनसम्मको लागि मान्य रहने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७४, सोमबार

तपाइको प्रतिक्रिया