Technology Khabar १९ चैत्र २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं । नयाँ वर्षको अवसरमा इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई भन्ने मुल नाराका साथ आफ्नो योजना बजारमा ल्याएको छ।
योजनाअन्तरगत एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरु रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एलजी होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत ४ बर्ष वारेन्टी र ३० प्रतिशतसम्म छुट रहेको छ। त्यसका साथै ५५इन्च वा सो भन्दा माथीको ओएलइडी तथा सुपर युएचडी टिभीको खरिदमा एसएच ४ साउण्डबार उपहार दिने साथै ५५ र ४९ इन्च युएचडी टिभीको खरिदमा एलएच ६४ होम अडियो प्राप्त गर्न सकिने छ। साथै नर्मल र स्मार्ट टिभी को खरिदमा ४ वर्षको वारेण्टी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
ग्राहकले एलजी होम एलाएन्स अफर अन्तर्गत साइड बाइ साइड रेफ्रिजेरेटरको खरिदमा १८ हजार ९ सय ९० रुपैयाँ पर्ने भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा ६ हजार ३ सय २० रुपैयाँ पर्ने पिज्जा र अम्लेट मेकर ग्राहकले पाउने छन्।
त्यस्तै सिङ्गल डोर रेफ्रिजेरेटरमा ८ सय ५० रुपैयाँ पर्ने ड्राइ आइरन, फ्रन्ट डोर वासिङ मेसिनमा ५ हजार ६ सय ९० रुपैयाँ पर्ने २० लिटरको वाटर प्युरिफायर गोल्ड प्लस, टप लोड वासिङ मेसिनमा १ हजार ५ सय ९० रुपैयाँ पर्ने राइस कुकर उपहार पाइने कम्पनीले जनाएको छ।
डिसवासरको खरिदमा १ हजार ५सय रुपैयाँ पर्ने डिटर्जेन्ट र लिक्विड, माइक्रोवेभ ओभन खरिदमा २ हजार मुल्य पर्ने कुकिङ किट र एअर कन्डिस्नरको खरिदमा २ हजार ६ सय ५० रुपैयाँ बराबरको निःशुल्क जडान जस्ता आकर्षक उपहारहरु रहेको कम्पनीले जनाएको छ।
यो योजना चैत्र १९ गतेदेखि सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित: १९ चैत्र २०७४, सोमबार