सिजीको ‘नगदमा गदगद’ योजना सार्वजनिक

  • Technology Khabar | १९ चैत्र २०७४, सोमबार
सिजीको ‘नगदमा गदगद’ योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकहरुमा विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ।

सिजी नगदमा गदगद् नामक सो योजनामा अब ग्राहकले सिजीका सामानहरु खरिद गरेबापत विभिन्न आकर्षक उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजना अनुरुप ग्राहकले अब सिजीका ४९ इन्चदेखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्त गर्न सक्नेछन् भने सो भन्दा कम साइजका टिभीहरुमा २० प्रतिशत नगद छुट पाउने छन्।

कम्पनीका अनुसार ग्राहकले डबल डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङ्गल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन्।

एसी खरिदमा निःशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सिजीको इन्डक्सन र टपलोडिङ्ग वासिङ्ग मेसिनमा सिजीको आइरन प्राप्त गर्न सक्नेछन्।

योजना चैत १८ गते देखि देशभर सिमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...