
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पो र अडियो, ईमेजिङ र आवाज प्रविधिको क्षेत्रमा कार्यरत डोल्बि ल्याब्रेटोरिजले ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी भएको छ।
सहकार्यको माध्यमबाट ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने बताएको छ।
एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तर्राष्ट्रिय मानक हो । त्यसैगरी, जेपीईजी–एचडीआर स्ट्याटिक ईमेज ईनकोडिङ मानक हो । यसले ८ बिट्स भन्दा बढीको डायनामिक रेञ्जमा डाटा सञ्चय गरी प्रयोगकर्तालाई पोष्ट प्रोसेसिङका दौरान स्याम्प्लिङमा सघाउने कम्पनीको भनार्इ छ ।
एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौं कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक भएको कम्पनीले जनाएको छ।
‘कञ्जुमर ईलेक्ट्रोनिक्सको अग्रणी, ओपो आफ्ना स्मार्टफोनमा नवप्रबर्तनात्मक प्रविधि समाहित गर्ने कार्यका लागि परिचित छ । ओपोलाई हाम्रो वैश्विक सझादारहरुको समुहमा सम्मिलित गर्न पाउँदा हामी निकै खुशी छौँ ’, डोल्बि ल्याब्रेटोरिजका कार्यकारी उपाध्यक्ष जनरल काउन्सिल एण्ड कर्पोरेट सेक्रेटरी, एण्डि शर्मनले भने ।
‘उपभोक्तालाई आफ्ना उत्पादन मार्फत उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर प्रयासतर छौँ । यस्ता सहकार्यले भविष्यमा थप उत्कृष्ट उत्पादन तथा अनुभव प्रदान गर्न सक्नेमा हामी विश्वस्त छौँ । डोल्बि ल्याब्रेटोरिजसंगको यो सहकार्य घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
प्रकाशित: १८ चैत्र २०७४, आईतवार