अर्गानिक कृषि मेला शुक्रबारदेखि हुँदै

  • Technology Khabar | १५ चैत्र २०७४, बिहीबार
अर्गानिक कृषि मेला शुक्रबारदेखि हुँदै

काठमाडौं ।

काठमाडौं । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा दोस्रो अर्गानिक कृषि मेला आयोजना हुने भएको छ । विभिन्न सरकारी तथा तथा गैरसरकारी सरकारको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले शुक्रबारदेखि ललितपुरको पाटन दरवार स्क्वायर संग्रहालयलमा मेला आयोजना गर्ने भएको हो ।

चैत १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० भन्दा बढी अर्गानिक कृषि उत्पादनका स्टलहरु रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गत वर्ष आयोजित मेला ४० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक शान्ता वास्कोटा कोइरालाले बताइन् ।

उपभोक्तालाई विषादीरहित अर्गानिक उत्पादनको सहज पहुँच पुर्याउने र आम जनसमुदायमा जैविक प्राङगारिक उत्पादन उपभोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कन्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश वास्कोटाले बताए ।

विगत ३० वर्षदेखि आर्गनिक चियाखेती सुरु गरेको उक्त सेन्टरले अर्गानिक चियाको प्याकेजिङ र बजारीकरणका लागि संग्रिला एग्रो वल्र्ड प्रालि, वास्कोटा ग्रुप अफ कम्पनी र पाँचथर जुस उद्योगसँग सहकार्य गर्दै आएको छ । मेलामार्फत अर्गानिक कृषि उपजको बजार प्रवद्र्धन हुुनुका साथै विषादीरहित खेती प्रणाली विस्तारमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...