स्मार्टफोनमा भाइरस छ की छैन भनेर यसरी थाहा पाउनुस्

Technology Khabar १५ चैत्र २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्नका लागि सहज र सजिलो छ भने यसमा प्रयोग गर्ने विभिन्न एप्सहरु उपलब्ध छन् । सहज र सजिलो अनि सस्तो मूल्यमा एन्ड्रोयड फोन प्रयोग गर्न सकिने हुँदा यसका प्रयोगकर्ताहरु पनि निकै छन् ।

यसको प्रयोगकर्ताहरुको ठूलो संख्याले विभिन्न किसिमका सामाग्रीहरु फोनमा डाउनलोड गर्ने वा इन्टरनेटमार्फत प्रयोग गर्ने गरेका छन् । यो एउटा ओपन सोर्स प्लेटफर्म भएको हुँदा एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु हरेक समय भाइरसको जोखिममा हुने गरेका छन् ।

स्मार्टफोनमा भाइरस लागेपछि विभिन्न किसिमका समस्याहरु आउने गर्दछन जसले गर्दा तपाईँको फोन असुरक्षित डिभाइसको रुपमा परिणत हुन्छ । कतिपय बेला हामीले यस्ता समस्याहरु सामान्य भएको अनुमानमा फोन प्रयोग गरिरहेका हुन्छौं तर फोनमा भाइरस लागेपछि भने तपाईँको फोनको गतिबिधि फरक हुन्छ ।

तपाईँको फोनमा भाइरस छ वा छैन भन्ने थाहा पाउन सामान्य केहि जानकारीहरु भए पुग्दछ जसको बारेमा हामी तपाईँलाई केहि टिप्सको जानकारी दिने प्रयास गर्दछौं ।

फोनको गति सुस्त हुनु

यदि तपाईँको फोनमा भाइरस छ भने तपाईँको फोन निकै सुस्त गतिमा संचालन हुन्छ, जून भाइरस भएको पहिलो लक्षण हो । सामान्य अवस्थामा फोनको मेमोरी फुल छ भने मात्र क्यामरा तथा ब्राउजिंग लगायतका सेवाहरु सुस्त गतिमा संचालन हुन्छन । तर भाइरसले तपाईँको फोनको सामान्य फोन कल, म्यासेज, टाइपिंग लगायतका कार्यमा पनि फोनको गति सुस्त बनाईदिन्छ ।

डाटा छिटो सकिनु

तपाईँको फोनमा भाइरस आउने मुख्य बाटो भनेको इन्टरनेटको माध्यमबाट हो । इन्टरनेटबाट अधिक भाइरस आउने हुँदा भाइरस आक्रमणको स्थितिमा डाटाको खपत ह्वात्तै वृद्धि हुन्छ । भाइरसले भित्रिरुपमा विभिन्न डाउनलोड, वेसाइट वा डाटा अपलोड गर्ने हुँदा बाहिर नदेखिने गरि तपाईँको फोनको डाटा सिध्याउँछ । उदाहरणको रुपमा यदि तपाईँले यसअघि एक महिनाको लागि प्रयोग गरिरहेको डाटा प्लान भाइरस लागेपछि भने केबल १५ दिन वा १० दिनसम्म मात्र वा यो भन्दा पनि कम अवधिसम्म मात्र संचालन गर्न सकिने हुन्छ ।

फोन तात्नु

फोन तात्ने विभिन्न कारणहरु हुन्छन यसमध्ये भाइरस लागेको बेलामा फोन अत्यधिक तात्ने गर्दछ । फोन चार्जमा राखेको बेला वा कुनै भिडियो हेर्ने वा गेम खेलिरहेको बेलामा मात्र सामान्यत फोन तात्ने गर्दछ । तर भाइरस लागेपछि भने तपाईँको फोन प्रयोग नगरिकन राखेको बेलामा पनि तात्ने गर्दछ । भाइरसले गर्दा सामान्य कल आएको वा एसएमएस प्रयोग गरेको बेलामा पनि निकै तात्ने गर्दछ ।

तिब्ररुपमा ब्याट्री सकिने

एन्ड्रोयड स्मार्टफोनमा भाइरस लागेको छ भने फोनको ब्याट्री छिटो सकिने हुन्छ । फोनको ब्याट्री पुरानो छ र छिटो सकिने गर्दछ भने यो सामान्य विषय भएपनि नयाँ फोनमा पनि छिटो छिटो ब्याट्री खपत हुन्छ भने तपाईँको फोनमा भाइरस रहेको भनेर बुझ्नुपर्ने हुन्छ । भाइरसले नयाँ फोन धेरै प्रयोग नभएको बेलामा पनि अधिक व्याट्री खपत गराउँछ ।

अधिक पपअप विज्ञापन देखिने

यदि तपाईँको फोनमा भाइरस लागेको छ भने तपाईँले इन्टरनेटमा कनेक्ट हुने बित्तिकै पहिले पपअप विज्ञापन देखिन्छ । तपाईँले कुनै एप खोल्दा वा चलाउँदा पनि अनावश्यकरुपमा पपअप विज्ञापनहरु आएर दुख दिने हुनछ ।

तपाईँले इन्टरनेटमा कुनै विषय सर्च गर्नुभयो भनेपनि त्यससँग सम्बन्धित विज्ञापन पपअपको रुपमा आउने हुन्छ ।

फोनमा भएको फाइल करप्ट वा डाटा हराउने

भाइरसको कारण तपाईँको फोनमा भएको डाटा आफैं डिलिट हुने गर्दछ वा फाइल करप्ट हुन थाल्दछ । फोटो तथा भिडियो जून पहिलो खोलिन्थ्यो भाइरस लागेपछि अचानक ब्लक हुने वा फाइल फम्र्याट परिवर्तन हुने जस्ता गतिबिधि हुने गर्दछ । तपाईँले राखेका विभिन्न डकुमेन्ट वा फाइलहरु आफैं हराउने वा डिलिट हुने समस्या निरन्तर बढ्दछ ।

बिल बढि आउने

यदि तपाईँको फोनमा भाइरसले समस्या दिएको छ भने यसले कहिले काहीँ फोनको बिल बढ्ने गर्दछ । यदि तपाईँ प्रीपेड उपभोक्ता हो भने छिटो ब्यालेन्स सकिने र पोस्टपेड उपभोक्ता हो भने बिल बढ्ने गर्दछ । भाइरसले तपाईँको फोनको ब्यालेन्स चोरि गर्न सक्दछ । भाइरसले फोनमा कुनै यस्तो सर्भिस एक्टिभ गरिदिन्छ जसले तपाईँको फोन सामान्य अवस्थामा पनि ब्याण्डग्राउण्डमा अर्थात थाहा नहुने किसिमले डाउनलोड गरिरहेको हुन्छ ।

पासवर्ड चोरी हुने

यदि तपाईँको फोनमा भाइरस लागेको छ भने सर्तक हुनुपर्ने हुन्छ । यस्ता भाइरसले तपाईँको गोप्य पासवर्ड चोर्न कार्य गर्दछ । तपाईँको इमेल एकाउन्ट, बैंक एकाउन्ट, अनलाइन पेमेन्ट एकाउन्ट वा अन्य कुनै किसिमका पासवर्डहरु प्रयोग भएको छ भने डाटाहरुबाट चोरी गरेर सिधै भुक्तानी गर्न सक्दछ । तपार्इँको पासवर्ड प्रयोग गरेर भाइरसले र्इकमर्शमा कारोबारको भुक्तानी गराउन सक्दछ ।

प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया