Technology Khabar १३ चैत्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, १३ चैत । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो फ्ल्यगशिप स्मार्टफोन मि मिक्स टू एस (Xiaomi Mi Mix 2s) सार्वजनिक गरेको छ । यो बेजेल लेस स्मार्टफोन हो यसअघि आएको मि मिक्स टूको नयाँ भर्सन हो ।
मि मिक्स टूएसमा आइफोन एक्स जस्तो नोच पनि उपलब्ध छैन अर्थात यो पूर्णरुपमा बेजेललेस फोन हो ।
यो फोनमा ५.९९ इन्चको फुल एचडी प्लस आइपीएस स्क्रीन छ भने यसको एस्पेक्ट रेसियो १८ः९ छ । यो स्मार्टफोनमा स्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसरका साथमा एड्रेनो ६३० जीपीयू राखिएको छ ।
फोटोग्राफीका लागि यसमा दुईवटा रियर क्यामरा राखिएको छ, जसमा १२ मेगापिक्सलको ड्यूल क्यामरा छ । यसमध्ये एक वाइड एंगल छ भने अको टेलीफोटो लेन्स रहेको छ । कम्पनीले क्यामरामा आर्टिफिशियल इन्टेलिजेन्समा आधारित फिचरहरु पनि राखेको छ भने यसले२०६ प्रकारको दृश्यहरु पहिचान गर्न सक्ने कम्पनीको दाबी छ ।
सेल्फीका लागि साओमी मि मिक्स टू एसमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ जसले फेस अनलक गर्न सकिन्छ । यसअघिको मि मिक्स टूको जस्तै यसको फ्रन्ट क्यामरा एउटा फोनको तल्लो भागमा पनि राखिएको छ । यसको क्यामरा रिंग यसअघिको जस्तै गोल्ड प्लेटेड रहेको छ ।
फोनमा वायरलेस चार्जिंग सपोर्ट छ भने फास्ट चार्जिंगका लागि यूएसबी टाइप सी पोर्ट रहेको छ ।
सेरामिक बडी रहेको फोनमा ७ सिरिजको आल्मुनियमको फ्रेम राखिएको छ । यो फोनमा ३,४०० एमएएचको ब्याट्री प्याक रहेको छ भने ड्यूल सिम सपोर्ट, ब्लूटूथ ५.०, एनएफसी, ड्यूल ब्याण्ड वाईफाईलगायतका फिचरहरु छन् ।
चीनमा मात्र सार्वजनिक भएको यो फोनको मूल्य यसको विभिन्न मोडलअनुसार फरक छ । जसमा ६ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज मेमोरीको फोनको मूल्य ३ हजार २ सय ९९ चिनियाँ यूआन रहेको छ भने ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको मूल्य ३ हजार ९ सय ९९ यूआन छ । त्यस्तै ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको मि मिक्स टू एसको मूल्य ३ हजार ५ सय ९९ यूआन तोकिएको छ ।
यो फोन एन्ड्रोयड ८मा आधारित एमआईयूआई ९.५मा संचालन हुन्छ । कम्पनीले यसमा आफ्नै साओएआई राखेको छ जसले गूगल एसिस्टान्टको जस्तै काम गर्दछ ।
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार