Technology Khabar ११ चैत्र २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ११ चैत । सनराइज बैंक र ‘खल्ती’ डिजिटल वालेट बीच मोबाईलमार्फत भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सनराइज बैंककातर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले सो सम्झौतापत्रमा हस्ताक्षर गरे।
सो सम्झौताअनुसार सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग सुबिधा प्रयोग गरी “खल्ती” मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । २०१७ देखि नेपालमा शुरु भएको “खल्ती” मेन्ट गेटवे हो ।
“खल्ती” एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल “खल्ती” प्रयोगकर्ताहरुको संख्या ७ लाख भन्दा बढि रहेको जनाएको छ ।
प्रकाशित: ११ चैत्र २०७४, आईतवार