
काठमाडौं ।
काठमाडौं, ११ चैत । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।
२०७४ साल चैत १ गतेदेखि २०७५ जेठ मसान्तसम्म गरी तीन महिना कायम हुने सो योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र’ मा डिस होम, मासिक ‘लक्की ड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्की ड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने बताईएको छ ।
त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । सो योजना चैत ६ गतेदेखि वैशाख १७ गते सम्म ४० दिनको लागि कायम हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्ने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्ने बताईएको छ ।
कम्पनीले १ सय ६० आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिईरहेको जनाएको छ ।
प्रकाशित: ११ चैत्र २०७४, आईतवार