किरण सुजद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता हस्तान्तरण

Technology Khabar ११ चैत्र २०७४, आईतवार

काठमाडौं ।

काठमाडौं, ९ चैत । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (EMT) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ ।

सो हस्तान्तरण शुक्रबारका दिन नेपाल एम्बुलेन्स सर्भिसको कार्यालयमा किरण सुज मेनुफेक्चरकी मार्केटिङ एण्ड ब्राण्डि निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई हस्तान्तरण गरिन् ।

गोल्डस्टारले उत्पादन गर्ने स्तरिय जुत्ताहरु मध्येकै एक जंगल बुट ४४ जोर हस्तान्तरण गरेको हो ।

एम्बुलेन्समा सेवा दिने क्रममा निकै कठिन ठाउँमा समेत पुगेर सेवा दिनु पर्ने कारणले उक्त जुत्ता उपयोगी हुने विस्वास लिईएको छ ।गोल्डस्टारका जंगल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी बुट रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ चैत्र २०७४, आईतवार

तपाइको प्रतिक्रिया