Technology Khabar ८ चैत्र २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ८ चैत । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विशेष एवं विभिन्न सुविधाहरु भएको फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याएको छ ।
आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी सो उत्पादन बजारमा ल्याएको छ । कम्पनीले आयोजना गरिरहेको सामसङ फोरम (samsung forum) मार्फत् सो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको हो ।
सो वासिङ्ग मेसिनको मूल्य २ लाख ६९ हजार ९सय ९९ रुपैयाँ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिने छ ।
सो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
अपर वास सुविधाले विभिन्न कपडाहरुलाई एकै साथ धुन सकिन्छ । त्यति मात्र होइन यो सुविधाले गर्दा समय र विजुली पनि कम लाग्दछ । यसमा भएको पावरफुल बबल एक्सन जस्तो विशेषताले यो वासिङ्ग मेसिनमा लुगा धुँदा थप निखारता प्रदान गर्दछ । स्मार्ट कन्ट्रोल प्रविधिको प्रयोग भएको हुँदा वासिङ्गमेसिनले अहिलेको जीवन शैलीलाई थप सुबिधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार