Technology Khabar ८ चैत्र २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सडक संजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने दायित्व राज्यको भएको बताएका छन् । चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।
पर्यटकीय पूर्वाधार निर्माण भईसकेपछि पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा मन्त्री अधिकारीले जोड दिए ।
सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताउनुभयो । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताए ।
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार