बालाजू अटोवक्र्सद्वारा प्राविधिक प्रतियोगिता सम्पन्न

  • Technology Khabar | ८ चैत्र २०७४, बिहीबार
बालाजू अटोवक्र्सद्वारा प्राविधिक प्रतियोगिता सम्पन्न

काठमाडौं ।

काठमाडौं ८ चैत । अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुमा पनि गर्दै आएको थियो र यो पनि त्यसैको निरन्तरता भएको कम्पनीले जानकारी दिएको छ ।

यो प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८ मा सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए ।

प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । सो प्रतियोगिताको मुख्य ध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ ।

२३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक गरी ३ प्रकारबाट छनौट गरिएको थियो ।

पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरिएको थियो । सो समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (वि एम वीरगञ्ज) को उपस्थिति रहेको थियो ।

प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...