फेसबुकका डाटाहरु चोरीएलान, यसरी सजिलै डाटा सुरक्षित गर्नुहोस्

Technology Khabar ७ चैत्र २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, ७ चैत । विगत केहि दिनदेखि सामाजिक संजाल फेसबुकबाट व्यक्तिगत विबरणहरु चोरी भएको समाचार लगातार बाहिर आईरहेको छ । जसले फेसबुक प्रयोगकर्ताहरुलाई निकै ससंकित बनाएको छ ।

रिसर्च फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक यूजर्सको डाटाको गलत प्रयोग गरेको अरोप लागेको छ । यो विषयमा सामाजिक संजालमा राखिने डाटाहरुको सुरक्षा र पहुँचको बारेमा विश्वभर छलपल भईरहेको छ ।

फेसबुकमा २ मिलियन भन्दा बढि मानिसहरु आबद्ध रहेका छन जहाँ राखिने डाटाहरु फेसबुकको लागि पैसा कमाउने मुख्य स्रोत हो । यसैको आधारमा फेसबुकले विज्ञापनदाताहरुलाई एक प्लेटफर्म उपलब्ध गराउँछ र त्यसबापत आर्जन गर्दछ ।

फेसबुकमा प्रयोगकर्ताले गर्ने पोस्ट, लाइक, जीवन चरित्र, तथा विभिन्न गतिबिधिको बिस्तृत प्रोफाइल तयार गर्न सक्दछ ।

यी विषयहरुका बीचमा अहिले फेसबुकमा भएको आफ्ना डाटाहरु यूजरले कसरी सुरक्षित गर्न सक्दछन भन्ने प्रश्न उब्जिएको छ । फेसबुकले पटक पटक यूजर्सको डाटा सुरक्षित रहेको दाबी गर्दै आएको छ तर पनि विभिन्न किसिमले प्रयोगकर्ताहरुको डाटा चोरी भईरहेको छ ।

यस्तो डाटा चोरी गर्ने सजिलो उपाय भनेको विभिन्न किसिमको फेसबुक गेम र हाजिरी जवाफ पेज वा गतिबिधिहरु हुन् । यसको माध्यमबाट प्रयोगकर्ताहरुको जानकारी चोर्ने गरिन्छ । त्यस्तो गेम वा क्विज फेसबुक प्रयोगकर्ताहरुलाई आकर्षित गर्नेगरि डिजाइन गरिएको हुन्छ र त्यसमा अधिकांश प्रयोगकर्ताहरुले क्लिक गर्ने गर्दछन् । अझ रोचक कुरा ती गेम वा क्विजहरुले पनि फेसबुकको नियम र शर्त पालना गरिरहेका हुन्छन् ।

हालमा फेसबुकले आफ्ना नियम तथा शर्तहरुमा केहि परिवर्तन गरेको छ र यूजर्सको डाटामा तेस्रोपक्षको पहुँचलाई सिमित गरिएको छ तर पनि डाटा चोरी भएको घट्नाहरु आई नै रहेका छन् । यस्तो बेलामा फेसबुकको आफ्ना डाटाहरु सुरक्षित राख्न केहि उपायहरु अपनाउन सकिन्छ ।

प्रयोगकर्ताले आफ्नो जानकारी सुरक्षित गर्न के गर्न सक्दछ

  • फेसबुकमा लग इन गर्नुहोस र एप सेटिंग पेजमा जानुहोस्
  • एप्स, वेबसाइट तथा प्लगइनको तल देखिने एडिट बटनमा क्लिक गर्नुहोस् ।
  • अब सो प्लेटफर्मलाई डिसेबल गर्नुहोस् ।

उल्लेखित तरिका प्रयोग गरिसकेपछि तपाईँले फेसबुकमा कुनैपनि देखिने तेस्रो पक्षको साइटको प्रयोग गर्न सक्नुहुन्छ अर्थात तपाईँको टाइमलाइनमा वा पेजमा आउने अन्य साइटहरुको पेजमा क्लिक गर्न सक्नुहुन्न् ।

यदि तपाईँलाई यो तरिका मन परेन भनेपनि तपाईँले एप प्रयोग गरिरहेर पनि आफ्नो व्यक्तिगत जानकारी अन्यसम्म पुग्नबाट रोक्न सकिन्छ । त्यसको लागि

  • फेसबुकको एप सेटिंग्स पेजमा लग इन गर्नुहोस्
  • ति प्रत्येक क्याटोगोरीलाई अनक्लिक गर्नुहोस् जून एपमा देखाउन चाहनुहुन्न् । यसमा तपाईँले बायोडाटा, जन्मदिन, परिवार, धार्मिक विचारधारा, तपाईँ अनलाइन हुनुहुन्छ वा हुनुहुन्न, तपाईँको टाइमलाइनमा देखिने पोस्ट, तपाईँको गतिबिधिहरु वा अन्य किसिमका रुचीहरु नदेखिने बनाउन सक्नुहुन्छ ।

इस्ट एग्लिया स्कूल अफ ल विश्वविद्यालयका सूचना प्रौद्योगिकी, बौद्धिक संपदा तथा मीडिया कानून अध्यापन गर्ने लेक्चरर पौल बरनलकाअनुसार यसभन्दा पनि अगाडि जान चाहनुहुन्छ भने तपाईँले आफ्नो टाइमलाइनमा देखिने कुनैपनि उत्पादन वा सर्भिसको पेजमा लाइक बटनमा क्लिक नगर्नुहोस र यदि तपाईँ कुनै गेम वा क्विज खेल्न चाहनुहुन्छ भने फेसबुकको पेजमा भन्दा सिधै सो गेम वा क्विजको साइटमा जानुहोस् ।

यदि तपाईँको सम्पूर्ण जानकारीहरु पूर्णरुपमा सुरक्षित गर्ने हो भने उनकाअनुसार तपाईँ फेसबुक चलाउन नै बन्द गर्नुहोस् । तर यो अधिकांश मानिसहरुका लागि संभव छैन किनकी कयौं मानिसहरुका लागि फेसबुक जीवनको महत्वपूर्ण अंगको रुपमा प्रयोगमा रहेको छ ।

स्रोत

प्रकाशित: ७ चैत्र २०७४, बुधबार

तपाइको प्रतिक्रिया