काठमाडौं ।
काठमाडौं, ४ चैत । “अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि” (Accessible and Inclusive ICTs for Person with Disabilities) शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।
चैत्र २ र ३ गते काठमाडौंको याक एण्ड यती होटल, दरबारमार्गमा सम्पन्न भएको सो कार्यशालामा श्रीलंका, भारत, म्यानमार तथा नेपालका सूचना प्रविधि तथा अपांगता सम्बन्धी विज्ञहरुका साथमा अपांगता क्षेत्रका ४० भन्दा बढी नेतृत्वकर्ता सहभागीको उपस्थिति रहेको थियो ।
लर्न एसियाका संस्थापक अध्यक्ष रोहन समरजिवाले यस कार्यक्रमको आवश्यकता बारे बोल्दै सूचना प्रविधिमा पहुँच र समावेशिताको लागि सम्बन्धित सरोकारवालाको सहभागितामा विकास गरिएको प्रविधिले मात्र समस्याको समाधानमा सहयोग पुग्ने बताए । उनले सूचना प्रविधिको जमानामा कुनैपनि अपांगतालाई समस्या मान्न नपर्ने अवस्था भएको भन्दै प्रख्यात बैज्ञानिक स्टीफन हकिंसको उदाहरण दिँदै उनको योगदान सवैले प्रयोग गर्न सकेको दावी गरे ।
कार्यक्रममा “अपाङ्गताका लागि महिला समुह”की कार्यकारी निर्देशक सुस्मिरा अर्यालले अपांगता भएका व्यक्तिको लागि सूचना प्रविधिको महत्व सपांग व्यक्तिको लागि भन्दा अझ बढि भएको भन्दै आफू स्वयं मनोसामाजिक अपांगता रहेकोले त्यसको प्रत्यक्ष अनुभूत भएको धारणा व्यक्त गरिन । उनले सवै खालको अपांगता भएका व्यक्तिहरुलाई समावेश गर्दै नेपाली स्थानिय प्रविधिलाई विकास गर्दै पहुच अभिवृद्धि गर्न आयोजक संस्थाहरुको सहकार्य रहेको व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले समावेशी र पहुँचयोग्य सूचना प्रविधिमा नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र कार्यान्वयनको अवस्था बारे प्रष्ट पारेका थिए । अन्तर्राष्टिय टेलिकम्युनिकेशन युनियनको विज्ञ समेत रहेकी निर्मिता नरसिंहाले सूचना प्रविधिमा पहुँच भनेको के हो, किन र कसरी हुन सक्छ भन्ने जानकारी दिईन् ।
कार्यक्रममा जलसा सापकोटाले अपाङ्गता भएका व्यक्तिले कसरी सूचना प्रविधिको प्रयोग गर्ने बारे जानकारी दिदै आइफोन र स्मार्टफोनमा कसरी अक्षरहरु पढ्ने, गुगल सर्च कसरी गर्ने, सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने, मिडिया र सफ्टवयेरको प्रयोग कसरी गर्ने लगायतका कुराहरुको डेमो प्रस्तुत गरेकि थिईन् ।
नेपाल दुररञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सूचना तथा प्रविधीको विकाससँगै अपाङ्गता भएका ब्यक्तिको प्रयोगलाई पनि ध्यान दिनुपर्ने बताए ।
सम्पूर्ण सहभागीलाई समुूहमा विभाजन गर्दै सूचना प्रविधीको प्रयोगमा अपाङ्गता भएका ब्यक्तिले भोग्नुपरेको समस्या पहिल्याउदै निराकरणका उपायका बारेमा छलफल गरी प्रथम दिनको कार्यक्रम समापन भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागीलाई बेग्लाबेग्लै समूहमा छुट्टाई हरेको समूहबाट समस्याहरु पहिचान गरी त्यसलाई प्रस्तुत गर्न लगाइएको थियो ।
हभागिहरुले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सूचना प्रविधिमा न्युनतम मात्र पहुँच भएको, यसका लागि सरकारको नीति नियमका साथै सबै पक्षको समन्वयमा काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै यससम्बन्धी कार्यक्रमहरुको निरन्तरता दिने, ठोस नीतिका लागि सरकारसमक्ष आवश्यक कदम पहली गर्ने तथा विशेषतः पहुँचयोग्य र समावेशी सूचना, प्रविधि र सञ्चारको विकास गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।
कार्यक्रम श्रीलङ्का स्थित एसिया तथा प्रशान्त तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था लर्न एसिया (LIRNEasia) को आयोजना तथा अपाङ्गताका लागि महिला समूह, सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाइटी नेपालको सहकार्यमा सम्पन्न भएको हो ।
प्रकाशित: ४ चैत्र २०७४, आईतवार