
काठमाडौं ।
काठमाडौं, १ चैत । सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त भएका छन् ।
गौतमले आगामी बैशाख १९ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्ने विषयमा बिहिवार बैंकले सम्झौता गरेको बैंकले जानकारी दिएको छ ।
गौतमले नेपाल बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी सो बैंकमा १३ वर्ष, नेपाल इण्डोस्वेज बैंकमा ७ वर्ष, नेपाल एस्.बी.आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष काम गरिसकेका छन् ।
गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् ।
प्रकाशित: १ चैत्र २०७४, बिहीबार