एभरेष्ट बैंकको शाखा बनेपामा संचालन

  • Technology Khabar | २९ फाल्गुन २०७४, मंगलवार
एभरेष्ट बैंकको शाखा बनेपामा संचालन

काठमाडौं ।

काठमाडौं, २९ फागुन । एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले काभ्रेको बनेपामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बनेपा शाखाको समुद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरे ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, काठमाडौं विश्वबिद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: २९ फाल्गुन २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार