नेपाल इन्भेष्टमेण्ट बैंकको ३२औं वर्ष पूरा

  • Technology Khabar | १४ फाल्गुन २०७४, सोमबार
नेपाल इन्भेष्टमेण्ट बैंकको ३२औं वर्ष पूरा

काठमाडौं ।

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आ.व. २०७३–७४ मा ५ अर्ब २४ करोड रुपैयाँको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेकोे थियो । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँका भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ सय ३० अर्ब रुपैयाँका निक्षेप संकलन गरी १ सय १४ अर्ब रुपैयाँका कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले १ अर्ब ८३ करोड रुपैयाँका खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ ।

साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ ।

प्रकाशित: १४ फाल्गुन २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल मीटले अब एप्पल कारप्लेमा काम गर्ने

  • Technology Khabar
  • १४ फाल्गुन २०७४, सोमबार