सामसंग ग्यालेक्सी एस नाइन तथा नाइन प्लस सार्वजनिक, यस्ता छन विशेषताहरु

  • Technology Khabar | १४ फाल्गुन २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, १४ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा नाइन प्लस (Samsung Galaxy S9 and S9+) सार्वजनिक भएको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।

कम्पनीले मिडनाइट ब्लू, कोरल ब्लू, लील्याक पर्पल तथा टाइटानियम ग्रे कलर अप्सनमा दूबै फोन सार्वजनिक गरेको हो । कम्पनीले यी फोनहरु केहि बजारमा मार्च १६ तारिखदेखि उपलब्ध हुने जानकारी दिएको छ ।

दुबै स्मार्टफोनमा १० नानोमिटरको ६४ बीट अक्टाकोर चीपसेट प्रयोग गरिएको छ । यो फोनमा ६४, १२८ र २५६ जीबीको तीन स्टोरेजमा उपलब्ध हुनेछन भने तीन वटै संस्करणमा माइक्रो एसडी कार्ड सपोर्ट राखिएको छ ।

एन्ड्रोयड ओरियो अपरेटिंग सिस्टममा आधारित यी स्मार्टफोनहरुमा कनेक्टिभिटीका लागि गीगाबिट एलटिई, ड्यूल ब्याण्ड वाईफाई, यूएसबी टाइप सी पोर्ट, ब्लूटूथ ५.०, ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

क्यामरा फिचर

विशेषगरि क्यामराको फिचरलाई प्राथमिकता दिईएको यो स्मार्टफोनमा ड्यूल अर्पाचर सेटअपसहितको १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर राखिएको छ । फोनमा भएको सेन्सरले निकै कम प्रकाश भएको स्थानमा पनि उज्यालो फोटो खिच्न सक्दछ । कम्पनीकाअनुसार ग्यालेक्सी एस नाइन र नाइन प्लसको सेन्सरले २८ प्रतिशत अधिक प्रकाश ग्रहण गर्न सक्दछ । दुई क्यामरा सेन्सर मध्ये एउटा वाइड एंगल लेन्स तथा अर्को टेलीफोटो लेन्ससहितको हो ।

यो फोनको क्यामराको विशेषतामा सुपर स्लो मोशन मोड पनि हो । फोनले ९६० फ्रेम प्रति सेकेण्डको दरबाट भिडियो रेकर्ड गर्न सकिन्छ ।

एआर ईमोजी

कम्पनीले यस पटक फोनका साथमा एआर ईमोजी समेत ल्याएको छ । यो फीचर एक किसिमको भर्चुअल किसिमको फीचर हो । यसको सहयोगबाट तपाईँले ३डी तस्वीर खिच्न र आवश्यकताअनुसार कस्टमाईड ईमोजी बनाउन सक्नुहुन्छ । यसको लागि १८ फरक फरक एक्प्रेसन उपलब्ध छन् ।

यसका साथै क्यामरा एपमा बिक्सबी भिजन सामसंगले राखेको छ । यसले गर्दा लाइभ ट्रान्सलेसनको सुविधा उपलब्ध हुनेछ । जसले गर्दा क्यामराको फ्रेममा कुनै वस्तुको तस्वीर खिच्नुभन्दा पहिले त्यसको बारेमा जानकारी दिन्छ ।

फिंगरप्रीन्ट सेन्सर

सामसंगले ग्यालेक्सी नाइन संस्करणमा फिंगरप्रिन्ट सेन्सरको ठाउँ परिवर्तन गरेको छ । यसअघि क्यामरासँग जोडिएर आउने फिंगरप्रिन्ट सेन्सर कम्पनीले पहिलो पटक क्यामरा भन्दा मुनीको भागमा राखेको छ । यसअघि यसको बारेमा पटक पटक गुनासो आएको भन्दै कम्पनीले यसलाई सम्बोधन गरेको जनाएको छ ।

सामसंग ग्यालेक्सी एस नाइनमा ५.९ इन्चको क्वाडएचडी प्लस कव्र्ड सुपर एमोलेड १८ः५ः९ डिस्प्ले राखिएको छ । फोनमा ४ जीबीको र्याम तथा ३००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

त्यस्तै सामसंग ग्यालेक्सी एस नाइन प्लसमा ६.२ इन्चको क्वाडएचडी प्लस कब्र्ड सुपर एमोलेड १८ः५ः९ डिस्प्ले, ६ जीबीको र्याम ३,५०० एमएएचको ब्याट्री राखिएको छ ।

दुबै फोनहरु आईपी ६८ सर्टिफिकेट प्राप्त वाटर तथा डस्ट रेसिस्टेन्स छन् भने दुबै फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको अटोफोकस क्यामरा राखिएको छ ।

https://youtu.be/5_-NKRVn7IQ

प्रकाशित: १४ फाल्गुन २०७४, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार