काठमाडौं ।
काठमाडौं, १२ फागुन । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस अबको दुई दिनपछि सार्वजनिक हुँदैछ । कम्पनीले बार्सिलोनामा हुने मोबाइलसँग सम्बन्धित कुम्भमेला मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर २५ फेब्रुअरीमा नयाँ फ्ल्यागशिप फोन ल्याउन लागेको छ ।
यो फोन अहिले सबैको लागि चर्चाको विषय भएको छ । यसमा भएका विशेषताहरु, यसको डिजाइन, र यसको उपलब्धताका साथै कति मूल्यमा आउनेछ भन्नेमा सबैको ध्यान गएको छ ।
करिब करिब यो फोनको बारेमा जानकारीहरु लगभग सबै नै बाहिर आईसकेका छन भने केहि तस्विरहरु पनि लिक भईसकेका छन् ।
हाल भने यो फोनको मूल्यको बारेमा नयाँ जानकारी आएको छ ।
सामसंगको ग्यालेक्सी एस नाइनको मूल्य १ हजार यूरो भन्दा कम नै हुने खबर आएको हो । तर यो मूल्य यूरोपका लागि मात्र हो वा अन्य मुलुकहरुमा यसको मूल्य १ हजार अमेरिकी डलरभन्दा कम हुने हो भन्ने केहि जानकारी छैन् ।
केहि समयअघि ग्यालेक्सी नाइनको मूल्य ८४१ यूरो हुने र एस नाइन प्लसको मूल्य ९९७ यूरो हुनसक्ने रिपोर्ट बाहिर आएको थियो ।
यो स्मार्टफोन संभवत फेब्रुअरी २८ देखि प्री अर्डरका लागि उपलब्ध हुने बताईएको छ ।
नेपाली बजारमा संभवत यो फोन सार्वजनिक भएको करिब १ महिनाभित्र उपलब्ध हुने अनुमान गरिएको छ तर यसको बारेमा हाल केहि जानकारी छैन् ।
नयाँ फोनमा रिइम्याजिण्ड क्यामरा विशेषतासहित सार्वजनिक हुने जानकारी सामसंगले दिएको छ। कम्पनीले यो फोनमा कुनै यस्तो नयाँ प्रविधि उपलब्ध गराउने तयारीमा छ जसले ट्रेन्ड सेटरको रुपमा आउनसक्नेछ ।
विभिन्न रिपोर्टहरुका अनुसार यो क्यामरामा आइएसअोसेक (ISOCESS) सेन्सर्स राखिने छ । क्यामराका लागि प्रयोग हुने यो प्रविधि कम प्रकाशमा पनि आकर्षक र स्पष्ट तस्विरहरु खिच्न सक्ने क्षमता राख्दछ ।
सामसंगको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा ड्यूल रियर क्यामरा हुने अनुमान गरिएको छ भने यसमा स्लो मोसन भिडियो खिच्न सकिने प्रविधि हुने अनुमान छ । यसका साथै यो क्यामराले ४८० फ्रेम प्रति सेकेण्डको दरमा फुल एचडी भिडियो पनि रेकर्ड गर्न सक्नेछ ।
यसअघि नै ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा हुने जानकारी बाहिर आएको थियो । त्यसका साथै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।
सामसंग ग्यालेक्सी एस नाइन स्माार्टफोनमा ५.८ इन्चको क्वाडएचडी सुपर एमोलेड डिस्प्ले हुनेछभने यसमा एस ८ को जस्तै एज डिस्प्ले हुने अनुमान छ ।
फोनमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट राखिने छ भने फोनमा ४ वा ६ जीबीको र्यामसहितको दुई भेरिएन्टका फोनहरु आउन सक्ने अनुमान छ ।
एजेन्सीको सहयोगमा
प्रकाशित: ११ फाल्गुन २०७४, शुक्रबार