Technology Khabar २८ माघ २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी साओमीले नेपाली बजारमा एमआई रेडमी ५ प्लस (Mi Redmi 5 Plus) उपलब्ध गराएको छ ।
साओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्स प्रालिले बजारमा सस्तो मूल्यमा सुविधायुक्त रेडमी ५ प्लस भित्र्याएको जानकारी दिएको छ ।
सो स्मार्टफोनमा ५.९९ इन्चको फूलएचडी डिस्प्ले रहेको छ भने फोनमा २.० गिगाहर्जको स्न्यापड्रागन ६२५ चीपसेट प्रयोग गरिएको छ भने ग्राफिक्सका लागि एड्रेनो ५०६ जीपीयू राखिएको छ ।
फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । पावरका लागि रेडमी फाइभ प्लसमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।
फोटोग्राफीका लागि फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
पछाडि रियर क्यामराको मुनी फिंगरप्रिन्ट सेन्सर रहेको सो स्मार्टफोनमा ड्यूल सिम सपोर्ट तथा ड्यूल स्ट्याण्डबाई रहेको छ ।
सो फोनको बजार मूल्य २३ हजार ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ माघ २०७४, आईतवार