साओमी एमआई ए वान रेड कलरमा, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज

Technology Khabar १७ माघ २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, १७ माघ । नेपालको लागि साओमीको अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रा.लि ले हालै एमआई सिरिजअन्तर्गतको एमआई ए वान (Mi A1) फोनको अत्यधिक माग र ग्राहकवर्गको ध्यानलाई मध्यनजर गरि विशेष संस्करणको रुपमा रातो रंगमा भित्र्याएको छ ।

रातो रंगले प्रिमियम अनुभूति थपिएकोे एमआई ए वान फोनमा ५.५ इन्चको डिस्प्ले राखिएको छ ।

फूल मेटल बडी भएको तथा ५.५ इन्चको डिस्प्ले रहेको फोनमा क्यामराको लागि १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ ।

फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने ३०८० एमएएच ब्याट्री प्याक रहेको छ ।

रियर फिंगर प्रिनट सेन्सर रहेको फोनको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

सो स्मार्टफोन एमआई नेपालको आधिकारिक विक्रेता, एमआई सोरुम तथा अनलाईन स्टोर साओमीनेपाल डटकम डटएनपीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १७ माघ २०७४, बुधबार

तपाइको प्रतिक्रिया