
काठमाडौं ।
काठमाडौं । कलर्स मोबाइलले नेपाली बजारमा एस ९ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ।
धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले यो फोनलाई स्टाइल र सेल्फी ब्यानर अन्तर्गत पेश गरेको हो।
‘कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे, अब ग्राहकहरुले आफ्नो क्षमताले भ्याउने मुल्यको समूहमा समेत मेटालिक बनौटका फोनहरु खरिद गर्न सक्नेछन् । स्मार्टफोनको निर्माणताका उच्चकोटीका सामग्रीहरु प्रयोग गर्नाले ब्राण्डको महत्व बढाउन पनि मद्दत पुग्दछ,’ टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।
हेर्नमा मात्र होइन, एस ९ अन्य विशेषताहरुले पनि उच्च हुनुको महत्व दर्शाउँछ । यसको मुख्य क्यामरा ८ मेगापिक्सल र सेल्फीका लागि अगाडीतर्फ ५ मेगा पिक्सल क्षमताको छ भने दुवैतिर फ्ल्यास राखिएको छ । प्रयोगकर्तालाई सेल्फी लिन र फोटो खिच्न दुवैमा उत्कृष्टता प्रदान गर्ने कम्पनीको दाबी छ । एण्ड्रोइड नुगट ७.० भर्सनमा आधारित यो फोनमा तीव्र गति र अधिक सटिक फिन्गर प्रिन्ट सेन्सर रहेको छ ।
बजारमा बजेट स्मार्टफोनको उच्च प्रतिस्पर्धा भएपनि एस ९ को बजार मुल्य ११ हजार ९ सय ९५रुपैयाँ कायम गरिएको छ ।
कलर्स मोबाइलले यो सेट बिक्री शुभारम्भको अवसर पारेर १२ हप्ताको लागि १०० एमबी एनसेल डाटा सित्तैमा प्रदान गर्ने योजना पनि अघि सारेको जनाएको छ ।
प्रकाशित: १२ माघ २०७४, शुक्रबार