
काठमाडौं ।
काठमाडौं, १० माघ । कुलप्याड मोवाइलले आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)मा लगानी गर्दै कम्पनीको क्षमता बढाउने भएको छ । कम्पनीले सिलिकन भ्यालीबाट, आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) मार्फत आफ्नो क्षमता बढाउने निर्णय गरेको हो ।
३०० मिलियन अमेरिकी डलरको लगानीमा पावर सन् भेन्चरले आफ्नो क्षमता बढाउन लागेको जनाएको छ ।
‘यो लगानीमार्फत कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा मात्र नभए र ए.आई प्रविधि भएको एप्स जस्तै हेल्थ, शिक्षा र गेमिङमा पनि फोकस गर्ने छ,’ कुलप्याडका प्रमुख कार्यकारी अधिकृत जिया चावले भने ।
किकी ग्रुपको फाउन्डर तथा हेड, चेङ वा ले भने ‘हामी कुलप्याड ग्रुपमा लगानी गर्न पाउँदा प्रसन्न छौ किनभने हामीलाई विश्वास छ किश्री जियाग र तिनको टोलीको योजनाले अर्को दुई वर्षमा वास्तविक व्यवसाय वृद्धि गर्नेछ ।’
कम्पनीले लगानीका लागि चिनियाँ इन्टरनेट कम्पनी लेइकोबाट छुट्टिँदा अाउने रकमको सदूपयोग गर्ने जनाएको छ।
कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५डी, मेगा ३, नोट ३एस र एनएक्सवानबाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रा. लि. नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्रेता हो ।
प्रकाशित: १० माघ २०७४, बुधबार